काठमाण्डौं, १५ मङ्सिर । तानसेनमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप मङ्सिर १६ गते आइतबारदेखि टुँडिखेल मैदानमा हुँदैछ । प्रतियोगितामा नगरभित्रका ११ वडाका ११ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार १११ रुपियाँ र दोस्रो हुनेले ५० हजार ५५५ रुपियाँ मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्त शाक्यले जानकारी दिनुभयो । नगर क्षेत्रका खेलाडीको अन्तर्निहित क्षमताको विकास गर्न र खेल क्षेत्रमा माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिताको आयोजना गरिएको शाक्यले बताउनुभयो ।
प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट व्याटस्म्यानले दुई हजार पाँच सय र उत्कृष्ट खेलाडीले पाँच हजार पाउने छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २५ गते शाक्यले बताउनुभयो । आइतबार हुने उद्घाटन खेल वडा नम्बर ९ र वडा नम्बर १२ बिचमा हुने आयोजकले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया