असार २७, २०८२ शुक्रबार July 11, 2025

एसिसी यू-१९ एसिया कप: बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रन लागेको हो ।

पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७८ रनमा अलआउट भयो ।

नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया