असार २७, २०८२ शुक्रबार July 11, 2025

नेपाल-भारत महिलामैत्री फुटबल सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिलिगुडी । नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलको महिला फुटबल टिमबीच भएको मैत्रीपूर्ण खेलमा भारत टाइब्रेकरमा विजयी भएको छ।

नेपाल भारत–महिलामैत्री समाजको आयोजनामा सिलिगुडीस्थित सशस्त्र सीमा बलको टोर्सा स्टेडियममा भएको खेलमा निर्धारित समयमा गोल नभएपछि भारतीय विभागीय टोलीले टाइब्रेकरमा खेल जितेको हो।

खेलपश्चात आयोजित समारोहमा बोल्दै नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले नेपाल र भारतबीच रहेको सांस्कृतिक तथा सामाजिक सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतको भूमिका उल्लेख्य रहेको बताईन् ।

दुई संगठनको व्यवसायिकताले नेपाल र भारतको मात्र सीमाको सुरक्षामात्रै नभई सम्पूर्ण दक्षिण एसियाकै सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । सो अवसरमा उनले नेपाल–भारत महिलामैत्री समाजले खेलको आयोजना गर्नु यी दुई व्यवसायिक संगठनबीच आपसी सौर्हादता बढाउनुको साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने एक प्रयास रहेको बताईन् । उनले नेपाल–भारतबीच सम्बन्ध प्रगाढ बनाउन आफू सधैं एक सेतु को रूपमा काम गरिरहने बताईन् ।

उक्त फुटबल म्याचमा सशस्त्र सीमा बलका आइजी सुधीर कुमार, बिएसएफका आइजी सूर्यकान्त शर्मा तथा नेपालको तरफबाट सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक विकास घिमिरेलगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा सशस्त्र सीमा बल भारतका आइजी कुमारले नेपालकी प्रतिनिधि सभा सदस्य चौधरीले खेल आयोजना गर्न खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको बताए । यस प्रकारका खेलले दुई देशको विभागीय संगठनबीचको सम्बन्ध अझ सुदृढ भएको बताउँदै सशस्त्र सीमा बलले सांसद चौधरीप्रति आभार व्यक्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार