असार २८, २०८२ शनिबार July 12, 2025

अन्डा प्रतिक्रेट ५० रुपैयाँले सस्तियो

प्रतिक्रेट मिडियम साइजको अन्डाको ४४० रुपैयाँ र ठूलो अन्डाको ४५५ रुपैयाँ कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अन्डाको भाउ घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले प्रतिक्रेट ५० रुपैयाँले अन्डाको भाउ घटाएर आजबाट नयाँ मूल्य निर्धारण गरेको हो।

संघका अनुसार अब प्रतिक्रेट मिडियम साइजको अन्डाको ४४० रुपैयाँ र ठूलो अन्डाको ४५५ रुपैयाँ कायम गरेको छ।

यसअघि संघले कात्तिक २० गते अन्डाको नयाँ मूल्य निर्धारण थियो। जसअनुसार प्रतिक्रेट मिडियम साइजको अन्डाको ४९० रुपैयाँ र ठूलो अन्डाको ५०५ रुपैयाँ तोकिएको थियो।

संघले एक्सएल (सबैभन्दा ठूलो) अन्डाको भाउ भने तोकिएको छैन। कात्तिक २० गते एक्सएल अन्डा प्रतिक्रेट ५२० रुपैयाँ निर्धारण गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया