काठमाण्डौंः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । आज (सोमबार) भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो ।
कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १-१ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए ।
जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया