असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिग : टस जितेर विराटनगरले सुदूरपश्चिम विरुद्ध बलिङ गर्दै

नेपाल प्रिमियर लिगको आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एन.पि.एल.)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्स विरुद्ध टस जितेको छ ।

कीर्तिपुर स्थित  टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स सँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज(मंगलबार) पहिलो खेल हो । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

नेपाल प्रिमियर लिगको आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स बीच भिडन्त हुनेछ । यो जारी एन.पि.एल.मा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनी सँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।  चितवन राइनोजमा मल्ल सहित अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् ।

विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसै टोलीबाट खेल्दैछन् । चितवन दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल छन् । उनी सँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

पोखरामा कुशल सँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ छन् । त्यस्तै, अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इङ्ल्याण्डका म्याट क्रिचली, वेस्टइन्डिजका रेमन राइफर, स्कटल्याण्डका माइकल लिस्क पनि पोखरा बाट खेल्दैछन् । पोखराको आइकोनिकका सुदीप आर्याल छन् । जारी एन.पि.एल.मा पहिलो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया