असार २६, २०८२ बिहिबार July 10, 2025

एनपीएलमा ‘बेटिङ’ खेलाएको अरोपमा त्रिवि मैदानबाटै समातिए चार जना

पक्राउ पर्नेमा दुई भारतीय नागरिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै चार जनालाई पक्राउ गरेको हो ।

सोमबार दुई र आज (मंगलबार) दुई जनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् ।

उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया