असार २२, २०८२ आइतबार July 6, 2025

१३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना हुने भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने पुस्टि गरेका छन् ।

भारतको न्युज एजेन्सी पिटीआईसँग कुरा गर्दै पटेलले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको बताए । पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुने समेत बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो ।यस अघि सन् २०१४ को सिजन पनि युएईमा आयोजना गरिएको थियो । भारतको निर्वाचनको कारण त्यस संस्करण युएईमा आयोजना गरिएको थियो ।

यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो ।त्यसपछि कोरोना भाईरसको महामारीको कारण १८ दिन स्थगित गर्दै अप्रिल १५ बाट प्रतियोगिता सुरु गर्ने मिति तय भएको थियो ।

 तर, भारतमा कोरोनाले महामारीको रुप लिएपछि भने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया