असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रिय टिमको प्रशिक्षण भदौं १ बाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व महामारी कोरोना भाईरसको कारण चार महिनादेखी बन्द रहेको राष्ट्रिय टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएसँगै उक्त खेलहरु हुने भएको हो  ।

सरकारका प्रवक्ता एवं  तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताएका हुन् ।

तर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भन्दा अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ । सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।  छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमलाई रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसयता सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको थियो । तर, सरकारले आज (मंगलबार) रातिबाट लकडाउन समेत अन्त्य भएको घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया