असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै

विराटनगरले अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाडौँ गुर्खाजसँग खेल्दैछ ।

आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाडौँ चितवन राइनोजसँग पराजित भएका थिए ।

यस्तै विराटनगरले अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया