श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जुम्लाको पातारासीमा फोरजी सेवा

पातारासी गाउँपालिकाका तीनवटा वडाका स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, १९ मङ्सिरः पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँ सो वडामा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताउनुभयो ।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताउनुभयो ।यहाँका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार