असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो। काठमाडौँ गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौँले बुधबार कर्णालीलाई पराजित गरेको थियो।

सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो।

काठमाडौँको मार्की खेलाडी करण केसी, सुदूरपश्चिमका दिपेन्द्रसिंह ऐरी, पोखरामा कुशल भूर्तेल, चितवनमा कुशल मल्ल कप्तानीमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया