असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रिमियर लिग : लिभरपुल न्युक्यासलसँग बराबरीमा रोकियो

न्युक्यासलका स्चाएरले ९० मिनेटमा गोल गरेर लिभरपुललाई बराबरीमा रोके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जारी सिजनको प्रिमियर लिगमा लिभरपुल फुटबल क्लब बराबरीमा रोकिएको छ।

बिहीबार बिहान राति भएको खेलमा लिभरपुल न्युक्यासलसँग ३-३ गोलको बराबरी रोकिएको हो। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि यो बराबरीले खासै अफ्ठेरो भने छैन।

प्रिमियर लिगमै चेल्सीले साउथह्यामलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दा २८ अंक साथ दोस्रो स्थानमा छ। ३५ अंक रहेको लिभरपुलले खेलमा कमब्याक गरेको थियो। न्युक्यासलका ल्साकले ३५ मिनेटमा गोल गरेपछि लिभरपुल १-० गोलले पछि परेको थियो।

लिभरपुलका जोनेसले ५० मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। तर, ६२ मिनेटमा गोर्डोनले गोल गरेर न्युक्यासललाई २(१ को नतिजामा ल्याए। लिभरपुलका मोहम्मद सालाहाले ६८ र ८३ मिनेटमा लगातार गोल गर्दा लिभरपुल ३-२ गोलले अगाडि नै थियो।

तर, खेलको अन्तिममा लिभरपुल सम्हालिन सकेन। न्युक्यासलका स्चाएरले ९० मिनेटमा गोल गरेर लिभरपुललाई बराबरीमा रोके।

अर्को खेलमा चेल्सीले साउथह्यामलाई ५-१ गोलले पराजित गर्‍यो। लगातार हारको सामना गरिरहेको म्यानचेस्टर सिटीले नटिंहम फरेस्टलाई ३-० ले पराजित गर्‍यो। यता, आर्सनलसँग म्यानचेस्टर युनाइटेड २-० ले पराजित बन्दा एस्टन भिल्लाले ब्रेनफोर्डलाई ३-१ गोलले पराजित गर्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया