काठमाण्डौंः स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया