असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिगमा आज कर्णाली-चितवन र लुम्बिनी–पोखरा भिड्दै

बिहान ९ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शुक्रबार) पनि दुई वटा खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् । कर्णालीले यसअघि खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ ।

आजै दिउँसो १ बजे त्रिवि मैदानमै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दै छन् । अहिलेसम्म एक खेल खेलेको लुम्बिनि त्यसमा पराजित भएको छ । पोखराले पनि अहिलेसम्म खेलेका दुवै खेल हारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया