श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एनपिएल क्रिकेट लक्षित सामसङको नयाँ टिभी अफर

आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपियल)को ऐतिहासिक पहिलो सिजन सुरु भएसँगै धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा गएर ‘चियर’ गरिरहेका छन् भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन् ।

त्यस्ता दर्शकहरुलाई लक्षित गर्दै सामसङ नेपालले अझ ठुलो स्क्रिनमा खेलको मनोरञ्जन लिन आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ ।

यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ । अफरअनुसार ग्राहकहरूलाई १२ महिनाको अवधिमा ० प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा—फाइनान्स सेवा समावेश छ । यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् ।

एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ । १६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार