माघ ४, २०८१ शुक्रबार January 17, 2025

कञ्चनजङ्घा गोल्डकप उपाधि धरानले जित्यो

उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपियाँ नगदसँगै ट्रफी, पदक र प्रमाणपत्र पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, मङ्सिर २२ गते। सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।

धरानले जितका लागि इलाममाथि ४-१ गोल गरेको थियो। उपाधि जितसँगै धरानको गोधुली फुटबल क्लबले तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कारसहित ट्रफी,पदक र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपियाँ नगदसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता टोलीलाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्।

गएको शनिबार सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए। खेल भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चाालन गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया