असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षालाई ठीक ढंगले अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे

शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरुरी छ,’ सभामुख घिमिरेले भने ।

उनले शिक्षकहरूको हितका लागि सानोसानो पुँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुंगोमा पुर्‍याएर निकास दिने तयारीमा छौँ ।’

साधारणसभामा नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूद्वारा सञ्चालित ५४ जिल्लाका सहकारीलाई एकत्रित बनाएर बैंकिङ कारोबारमा लैजानुपर्नेमा जोड दिए। साधरणसभामा सहकारीका सञ्चालक समितिका अध्यक्ष शुक्र थापाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया