माघ ४, २०८१ शुक्रबार January 17, 2025

चिडियाखानाको टिकट अब अनलाइनबाटै किन्न पाइने

अवलोकनकर्ताले आफ्नो मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दै प्रवेश टिकट पाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले चिडियाखानाको प्रवेश शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । योसँगै ललितपुरको जावालाखेलस्थित नेपालको एक मात्र सदर चिडियाखाना अवलोकन गर्न प्रवेश शुल्कका निम्ति नगद बोक्नुपर्ने झन्झटको हटेको छ ।

एनआईएमबीले टिकट भुक्तानीका निम्ति डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी गर्न सकिने भएको जनाएको छ । अवलोकनकर्ताले आफ्नो मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दै प्रवेश टिकट पाउन सक्ने भएका छन् ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्तालाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्न अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया