माघ ४, २०८१ शुक्रबार January 17, 2025

एनपीएलको आजको खेलमा चितवन राइनोज र सुदुरपश्चिम रोयलबिच प्रतिस्पर्धा हुदैँ

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को बार्हौ र तेर्हौ खेल हुदैँछ । आजको दोस्रो खेलमा चितवन राइनोज र सुदुरपश्चिम रोयलका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ । आज हुने दोस्रो खेलमा चितवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन भने सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरीको नेतृत्व हुनेछ ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया