असार २१, २०८२ शनिबार July 5, 2025

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको मध्यम लक्ष्य

अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो ।

जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाउनुभयो । उहाँले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिनुभयो । उहाँले पुरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिनुभयो ।

लिगको चौथो खेल खेलिरहेका दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् । अघिल्ला तीन खेलमा अपराजित जनकपुर जितको लय जारी राख्ने अभियानमा छ ।

जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

यस्तै अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा छ । लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार