काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ८६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया