माघ ४, २०८१ शुक्रबार January 17, 2025

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ मङ्सिर : नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गर्नुभएको हो ।

हाइड्रोले प्रति सेयर रु एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको रु २८ करोड पाँच लाख ७५ हजार बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया