असार २५, २०८२ बुधबार July 9, 2025

महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्छ: उपसभामुख मगर

कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताउनुभएको छ ।

महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उहाँले लैङ्गिक हिंसा कम गर्न कानुन कडा बनाएर मात्र नहुने भन्दै विद्यालयस्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले भन्नुभयो, “मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ  ।”

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसापीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताउनुभयो । उहाँले आयोगबाट हिंसापीडित महिलाको उद्धार, उपचार, राहत, आश्रयस्थल प्रदान, मनोसामाजिक तथा कानुनी परामर्श, पुनःस्थापना, सीपमूलक तालिम रोजगारी व्यवस्थापनलगायतका सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।

सचिव अर्यालले आव २०७५ देखि २०८० सम्म आयोगमा प्राप्त कुल उजुरीमा घरेलु तथा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा ३० प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसा चार प्रतिशत देखिएको बताउनुभयो ।

कार्यक्रममा महिला आयोगले हिंसापीडितलाई कसरी सेवा दिन्छ भन्ने विषयमा नाटक प्रस्तुत गरिएको थियो भने हेल्पलाइन अपरेटरका साथै आयोगको सहकार्यमा लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न ११ वटा सरकारी तथा गैरसरकारी निकाय तथा संस्थालाई सम्मान गरिएको थियो ।  यसैगरी आयोगको सहायता कक्षमा सेवामा खटिएका कर्मचारीहरूलाई समेत सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ बाट गत एक वर्षभित्र एक हजार दुई सय २२ वटा उजुरी आएका, २८ सय ७७ वटा फलोअप टेलिफोन गरी चार हजार ९९ सय टेलिफोन कल प्राप्त भएका र समग्रमा चार हजार एक सय हिंसापीडितले प्रत्यक्ष लाभ लिएको महिला आयोगले जनाएको छ । साथै आयोगले विगत पाँच आर्थिक वर्षमा दिइएका सेवाको ‘केस स्टडी’ को सङ्क्षिप्त विवरणसमेत प्रस्तुत गरिएको थियो । गत वर्षमात्र ३७९ हिंसापीडितका उजुरीमा मेलमिलाप गराउँदा दुई हजार दुई सय पटक छलफल गराउनुपरेको आयोगले जनाएको छ ।

विसं २०७४ मङ्सिर २४ गते हेल्पलाइन सेवा ‘११४५’ को स्थापना भएको थियो । यस सेवामा पीडित आफैँ वा निजको तर्फबाट उजुरी दिने व्यक्तिले आयोगमा उपस्थित भई वा हुलाक, टेलिफोन, फ्याक्स, इमेल वा अन्य जुनसुकै माध्यमबाट २४ सै घण्टा पीडितको पहुँच प्राप्त हुने आयोगले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार