असार २८, २०८२ शनिबार July 12, 2025

हिमालयन बैंकको ४ लाख ८ हजार ५६२ कित्ता शेयर बिक्रीमा

इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हिमालयन बैंकको ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय दिएर शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिदका लागि निवेदन दिन १५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमाभित्र इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार