मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भेट्रान फुटबल प्रतियोगिता पुस १ गतेदेखि

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ। प्रतियोगितामा हालसम्म मोफसल ३ सहित १७ टिमको सहभागिता निश्चित भइसकेको चावहिल स्पोर्ट्स क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश श्रेष्ठले जनाएका छन्।

मोफसलबाट हेटौंडा, चितवन र बीबीसी, बनेपाले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ। टिम अन्तिम दर्ता मिंसिर २९ गतेसम्म राखिएको छ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी गराए । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेल चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ। विगतका तीनै संस्करणको उपाधि फ्रिडम फाइटर, ढोलाहिटीले जितेको थियो । फाइनल पुस ६ गते हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार