असार २५, २०८२ बुधबार July 9, 2025

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह

टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भजनी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उहाँले बदलिँदो समयानुसार शैक्षिक रूपान्तरण जरुरी रहेको बताउनुभएको हो । “समयसँगै हरेक गतिविधि परिमार्जन हुनुपर्छ । शिक्षामा पनि त्यही हो । हिजो टीकापुरलाई शैक्षिक नगरीका रूपमा चिनाउने वीरेन्द्र विद्यामन्दिरलाई पनि त्यसैगरी परिवर्तन गर्न आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

उहाँले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेल्नुभएका स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारी समेत दिनुभयो । “ प्राविधिक विश्वविद्यालय स्थापनाको लागि सबैको सहयोग चाहिएको छ । सबैसँगै अगाडि नबढ्ने हो भने गन्तव्यमा पुग्न सकिँदैन”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले वीरेन्द्र विद्यामन्दिरले उत्पादन गरेको जनशक्तिलाई विद्यालयको विकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “विद्यालयको स्वर्ण जयन्तीका लागि मेरो एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गर्दछु । अन्य क्षेत्रमा आबद्धहरूले पनि यसैगरी सकेको सहयोग गरे आर्थिक अभाव हुँदैन”, उहाँले भन्नुहुन्थ्यो, “हरेक कामका लागि राज्यको मुख ताक्नुपर्ने स्थिति बनाइनु हुँदैन तर पनि सरकार हरेक काममा सहयोग र समन्वय गर्न तयार छ ।”

वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औँ वर्षका अवसरमा आगामी फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार