काठमाण्डौं, पुस २ गते । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया