असार २५, २०८२ बुधबार July 9, 2025

नवलपरासीका दुई पुराना विद्यालयमा स्वर्ण महोत्सव

काँग्रेसका शक्तिशाली मन्त्रीलाइ कार्यक्रममा भ्याइ नभ्याइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, पुस १  गते । नवलपरासी जिल्ला सदरमुकाम स्थित शिव नमुना मावि कावासाेतीले स्थापनाकाे ५० अैाँ वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाई रहेको छ।त्यस्तै छिमेककै हुप्सेकाेट स्थित सरस्वती संस्कृत तथा साधारण मावि गिरूवारीमा पनि स्वर्ण महोत्सव समारोहको रमझम चलीरहेको छ ।

मंसिर २७ बाट सुरु भएको शिव नमुना माविकाे स्वर्ण महाेत्सवकाे शनिबार उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले भव्य समारोह बीच उद्घाटन गरी  स्मारिका विमोचन तथा नव निर्मित स्वर्ण स्तम्भको अनावरण गरेका छन् ।

सोही अवसरमा महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप प्रधानमन्त्री सिंहले विद्यार्थीलाई सैद्धान्तिक तथा सीप मूलक शिक्षा दिनु अहिलेको अपरिहार्य आवश्यकता भएको बताए । उनले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिँदै गर्दा प्राविधिक सीप सहितको प्रमाणपत्र पनि संगसगै दिनु पर्नेमा जोड दिएका थिए ।

त्यसै गरी सोही दिन प्रमुख अतिथि भई सरस्वती संस्कृत तथा साधारण मावि पुगेका गृह मन्त्री रमेश लेखकले विद्यालय भनेको जननी अर्थात् आमा जस्तै भएको बताए ।जसरी आमाले आफ्ना सन्तानलाई असल संस्कार दिई सतमार्गमा हिड्न प्रेरित गर्छिन् त्यसैरीनै विद्यालयले विद्यार्थीलाई शिक्षा,अनुशासन, सामाजिक मूल्यमान्यता र देशभक्तिको ज्ञान दिई असल नागरिक बन्न सिकाउने उनले बताए।

शिव नमुना माविले पुस २ सम्म बिद्यार्थीहरूका विविध खेल गतिविधि,समुदाय आधारित विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर, शिक्षक सम्मान,पूर्व विद्यार्थी पुनर्मिलन, खाना महोत्सव लगायतका कार्यक्रम गरी स्वर्ण महोत्सव मनाई रहेको शिव नमुना मावि महोत्सव  आयोजक मूल समितिले जनाएको छ ।

यस्तै सरस्वती संस्कृत माविमा पनि आइतबार पूर्व शिक्षक,विद्यार्थी मिलन कार्यक्रम गरिएको थियो ।

स्थानीय माैलिक संस्कृति झल्कने काैराह नृत्य,विभिन्न विद्यालयका विद्यार्थी बीच  वक्तृत्वकला प्रतियोगिता,रक्तदान लगायतका विविध कार्यक्रम गरि सरस्वती संस्कृत माविले पनि पुस ३ सम्मको कार्यक्रम बनाई स्वर्ण महोत्सव मनाई रहेको छ ।

तत्कालीन अवस्थामा तराई क्षेत्रमा बढ्दो बसाइँ सराई र बस्ती बिकाससंगै यहाँका बालबालिकाको शैक्षिक भविष्य उजिल्याउन २०३१ सालमा यी दुई सामुदायिक विद्यालयको स्थापना भएको थियो ।नेस.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार