काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । पुस १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले गत आवका लागि उक्त लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०र८१ का लागि हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) गरेर कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
यसैगरी, कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा आगामी पुस २८ गते बस्ने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया