श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छः महामन्त्री सिंह

सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन्।

सो पार्टीले समसामयिक विषयमा धारणा राख्न शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो । तर सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने उनले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया