श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेविसंघद्वारा सदस्यता वितरण अभियान सुरु

अभियानका लागि प्रत्येक जिल्ला /कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ ।

१२औँ महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए ।

अभियानका लागि प्रत्येक जिल्ला र आंगीक क्याम्पस, विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस/कलेज/प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् ।

खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया