श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सहकारीको ऋण तिर्दिनँ भनेर सडकमा हुने आन्दोलन अराजकता : पौडेल

एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिनँ भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएका छन् ।

सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उनले ‘ऋण तिर्दिनँ’ भन्न नपाइने बताए ।

‘सहकारीबाट ऋण लैजाने, तिर्दिनँ भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ,’ नेता पौडेलले भने ।

आज बागलुङ बजारमा सीवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताए । सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उनको भनाइ छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया