जेठ ५, २०८१ शनिबार May 18, 2024

थप १०९ जनामा कोरोना संक्रमण पुष्टिः १ सय ६ जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपालमा शनिवार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा नियमित रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गाैतमले बताएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी १३ हजार ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरनाबाट थप १ जनाको निधन भएको छ । यो सँगै नेपालमा ज्यान गुमाउनेको संख्या ४५ जना पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया