श्रावण १६, २०८३ शनिबार August 1, 2026

पूर्वमन्त्री सुनिल बहादुर थापासहित ३१ जनाले छाडे राप्रपाः काँग्रेस प्रवेश गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापासहित ३१ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई ईमेल मार्फत पत्र लेख्दै सामूहिक राजीनामा दिएका छन् ।

पार्टी नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि पार्टीमा कुनै आकर्षण नबढेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा भनिएको, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।’

राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताए । उनले भने,’उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।’

थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा लगायत उनीहरु सबै काँग्रेसमा प्रवेश गर्ने भएका छन् । प्रवेश गरेका केही नेतालाई काँग्रेसले पदाधिकारी दिने समेत बताइएको छ ।

राजीनामा दिनेहरुको नामावलीः

१.  सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)

२.  विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री

३.  बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा

४. बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री

५. पदमबहादुर बस्नेत – धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा

६. किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा

७. दिलीप राई- झापा, केन्द्रीय सदस्य

८. आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य

९. चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा

१०. राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य

११. चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य

१२. राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य

१३. वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य

१४. नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य

१५. इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति

१६. राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्

१७. डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि

१८. माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य

१९. अर्जुनविक्रम थापा- सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार