जेठ ५, २०८१ शनिबार May 18, 2024

पूर्वमन्त्री सुनिल बहादुर थापासहित ३१ जनाले छाडे राप्रपाः काँग्रेस प्रवेश गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापासहित ३१ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई ईमेल मार्फत पत्र लेख्दै सामूहिक राजीनामा दिएका छन् ।

पार्टी नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि पार्टीमा कुनै आकर्षण नबढेको आरोप लगाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा भनिएको, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।’

राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताए । उनले भने,’उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।’

थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा लगायत उनीहरु सबै काँग्रेसमा प्रवेश गर्ने भएका छन् । प्रवेश गरेका केही नेतालाई काँग्रेसले पदाधिकारी दिने समेत बताइएको छ ।

राजीनामा दिनेहरुको नामावलीः

१.  सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)

२.  विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री

३.  बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा

४. बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री

५. पदमबहादुर बस्नेत – धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा

६. किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा

७. दिलीप राई- झापा, केन्द्रीय सदस्य

८. आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य

९. चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा

१०. राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य

११. चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य

१२. राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य

१३. वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य

१४. नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य

१५. इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति

१६. राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्

१७. डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि

१८. माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य

१९. अर्जुनविक्रम थापा- सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया