श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

तत्कालै मर्मतसम्भार गरेर चल्नसक्ने खालका उपकरण तथा औजारलाई पहिलो प्रथामिकतामा राखेर मर्मतसम्भार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज। नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ। नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो।

‘केन्द्रले अस्पतालका भएका उपकरणहरुको आवश्यक अध्ययन गरेर मर्मतसम्भारको कार्य गर्नेछ’, उनले भने। अस्पतालका अनुसार अस्पतालमा डेढसयभन्दा धेरै औजार तथा उपकरण छन् । मेसु दासले तत्कालै मर्मतसम्भार गरेर चल्नसक्ने खालका उपकरण तथा औजारलाई पहिलो प्रथामिकतामा राखेर मर्मतसम्भार गरिने बताए।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले अस्पताल र केन्द्रबीचको सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तरमा सुधार आउने बताए। ‘केन्द्रले अस्पतालका उपकरणको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्नेछ’, उनले भने, ‘यस कदमले नारायणी अस्पतालको स्वास्थ्य उपकरण समयमै सुधार हुने र जनताको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएका छौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार