श्रावण १, २०८२ बिहिबार July 17, 2025

कांग्रेसको १०० दिने विशेष अभियानको समयावधि थप

सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ। यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो।

ती जिल्लाहरूले सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो। जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा सांगठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देश गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार