श्रावण १, २०८२ बिहिबार July 17, 2025

चीन र भारतबीच भएको सहमतिप्रति विप्लवको आपत्ति

लिपुलेक सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चीन र भारतका अधिकारीहरूबीच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

शनिबार विप्लवले एक विज्ञप्ति जारी गर्दै सो सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘चीन र भारतका अधिकारीहरूबिच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको जनाउँदै सो पार्टीले नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ : ‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन् नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार