काठमाडौं : साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो ।
चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया