श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेपालमा थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टीः काठमाण्डौंमा पनि ८ जना विमारी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमाआज थप १३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका १३० सँगै कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६ सय १३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ४० रहेको छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङमा एक/एक र इलामका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका दुई जना, उदयपुर र तेह्रथुमका एक/एक जना र मोरङका २३ जना सङ्क्रमित थपिएका छन् । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक र महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दाङ र नुवाकोटका एक/एक, काठमाडौँका दुई र सोलुखुम्बुका दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँ र पर्साका तीन /तीन जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई, रौतहट र मकवानपुरका एक/एक जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाराका एक जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एक, काठमाडौँका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गोरखा र कास्कीका दुई/दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई, बर्दियाका ६ र जुम्लाका एक जनामा कोरोना पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका तीन, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जना र सुर्खेतका ती जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका तीन जना र कञ्चनपुरका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा एक हजार ८७३, वाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश ५ मा ३५८, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार