असार २८, २०८२ शनिबार July 12, 2025

कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ : स्वास्थ्यमन्त्री पौडेल

भरतपुर अस्पताल र वीपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन् ।

आज पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताएका हुन् ।

उनले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताए । सीमित स्रोतसाधनबाट सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्ति उत्पादन वृद्धिका साथै वर्तमान सरकार गठन भएपछि विभिन्न अस्पतालमा दुई सय शय्या विस्तार गरिएको बताए । उनले भरतपुर अस्पताल र वीपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया