श्रावण १, २०८२ बिहिबार July 17, 2025

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन प्रदेश सभापतिहरूको नेतृत्वलाई दवाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदेश सभापतिहरूले पार्टीबाट निष्कासन गरिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई प्तर लेखेका छन् ।

पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै पूर्व महामन्त्रीलाई निष्काशन गरेपछि पार्टी झनै कमजोर भएको बताएका हुन् ।

कोशीका सभापति तिम्सेनाले र मधेसका सभापति यादवले आफूले ढकाललाई हटाउने निर्णयमा समर्थन गर्दै तत्कालीन समयमा गरेको हस्ताक्षर समेत फिर्ता लिएको बताएका छन् । उनीहरूले पार्टीले अबलम्बन गरेको नीति ‘राइट टु रिकल’को प्रयोग गरेर आफूले पुरानो सहमतिलाई फिर्ता लिएको उल्लेख गरेका छन् ।

रास्वपाले असारमा संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार