श्रावण १, २०८२ बिहिबार July 17, 2025

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकताका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १७ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो पार्टी एकताका सन्दर्भमा छलफल भएको जनाइएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “माधव नेपाल र म एकजुट हुने भइसक्या छ।”

सञ्चारकर्मीको जिज्ञासामा उहाँले डा.भीम रावलका सम्बन्धमा भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। उहाँहरुबिच समझदारी विकास गर्ने छलफल भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “समझदारी विकास गर्ने भन्ने भयो। त्यो सानो कसी न हो, त्यसलाई खोल्ने बित्तिकै, जुन दिन निर्णय हुन्छ, हामी त्यसै दिन यसरी भयो भनेर बताउँछौँ। अब तपाईहरुले धेरै समय कुर्नु नपर्ला।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार