काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया