असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ।

साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा रोकिएको हो।

१ करोड ८६ हजार ७०५ कित्ता सेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।

आज १५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया