श्रावण १, २०८२ बिहिबार July 17, 2025

पार्टीमा अनुशासन आवश्यक छ : महासचिव पोखरेल

पार्टीमा वैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय जन सांस्कृतिक महासंघ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए ।

महासचिव पोखरेलले पार्टीमा वैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नु सक्नुपर्दछ”, उनले भने ।

महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार