भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

त्रिविका दुई संकायको डीन कार्यालयमा नेविसंघको अनिश्चितकालिन तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काँग्रेस निकट नेपाल विद्यार्थी संघले आफ्ना मागको सुनुवाई नगरेको भन्दै त्रिविका दुई संकायको डीन कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

नेविसंघले आफ्ना २० सूत्रीय मागलाई वेवास्ता गरी गैर कानुनी रुपले आर्थिक लेनदेन गरी पदाधीकारी नियुक्तगरेको आरोप लगाउँदै त्रिविको शिक्षाशास्त्र तथा मानवीकी संकायको डिन कार्यालयमा आईतबार आज अनिश्चितकालीन तालबान्दी गरेको हो ।

नेविसंघ केन्द्रीय समिति तथा क्याम्पस इकाइ समितिले पटक पटक त्रिवि पदाधिकारी समक्ष बुझाएको ज्ञापन पत्रको वेवास्ता गरी त्रिविलाई नेकपाको भर्ति केन्द्र बनाएको आरोप लगाउँदै ताला लगाएको आज त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा एक साता अघि नै नेविसंघले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा ताला लगाएको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार