काठमाण्डौः यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो । यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार यो साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटबढ हुँदै शुक्रबारसम्म आइपुग्दा १ हजार ८१० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
त्यसपछि आइतबार १ हजार ७९०, सोमबार १ हजार ७९५, मंगलबार र बुधबार १ हजार ७६५, बिहीबार १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया