असार ३२, २०८२ बुधबार July 16, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आजै अपराह्न १ बजेदेखि केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया