असार ३२, २०८२ बुधबार July 16, 2025

मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी दिइएको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए ।

‘केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२) सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ विज्ञप्तिमा लेखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया